NIMB Header 2
Nepal Life

अर्थ मन्त्रालयद्वारा सार्वजनिक निकायका सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत अनिवार्य रूपमा गर्न परिपत्र

National Life
  • BFIS News
  • 2025 Jul 13 17:52
अर्थ मन्त्रालयद्वारा सार्वजनिक निकायका सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत अनिवार्य रूपमा गर्न परिपत्र
Sanima Reliance

काठमाडौं, असार २९ गते। अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको छ।

Shikhar
NIMB

मन्त्रालयले सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई सम्बोधन गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा गरिएको घोषणालाई कार्यान्वयनमा ल्याउन परिपत्र जारी गरिएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। यस निर्णयले सरकारी वित्तीय प्रणालीलाई पारदर्शी, दक्ष र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया