Nepal Life

यो वर्ष एसईईको उत्तरपुस्तिका प्रदेश ले जाँच्ने

Global Ime detail Page
  • BFIS News
  • 2022 Jun Tue 09:56
यो वर्ष एसईईको   उत्तरपुस्तिका    प्रदेश ले     जाँच्ने
Sanima Reliance

३० जेठ, काठमाडौं । यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका प्रदेश स्तरमा जाँच हुने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन गर्ने भएको छ । नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको  छ ।

NIMB

बोर्डले यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार दिएको छ ।

पाठ्यक्रममा आधारभूत तहको अन्तिम परीक्षा स्थानीय सरकारले, कक्षा १० को अन्तिम परीक्षा प्रदेशले र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने भन्ने उल्लेख छ । तर यस अनुसार शिक्षा ऐन संशोधन नभएकाले प्रश्नपत्र बोर्डले बनाउने र प्रदेशलाई पनि केही अधिकार  दिइएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया