Nepal Life

बैंकिङ क्षेत्रको चुनौती: निष्क्रिय कर्जा र गैर-बैंकिङ सम्पत्तिको चुलिंदो भार, संकट व्यवस्थापन गर्न सफल उत्कृष्ट ५ बैंक

Muktinath Bank
  • अरुण सापकोटा
  • 2025 Jul Tue 15:19
बैंकिङ क्षेत्रको चुनौती: निष्क्रिय कर्जा र गैर-बैंकिङ सम्पत्तिको चुलिंदो भार, संकट व्यवस्थापन गर्न सफल उत्कृष्ट ५ बैंक
RBB

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म नेपालका वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा (NPL) ४.८३ प्रतिशत पुगेको छ। बैंकहरूको निष्क्रिय कर्जाको स्तर न्यूनतम ०.६४ प्रतिशतदेखि अधिकतम ७.६४ प्रतिशतसम्म रहेको देखिन्छ। सबैभन्दा कम निष्क्रिय कर्जा रहेको बैंकहरूमध्ये एभरेष्ट बैंकको ०.६४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.४४ प्रतिशत, सानिमा बैंकको ३.४२ प्रतिशत, सिद्धार्थ बैंकको ४.०४ प्रतिशत तथा नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत रहेको छ।  तिनीहरूको औसत एनपीएल, इन्डस्ट्री एभरेज ४.८३% भन्दा कम छ। साथै स्ट्याणर्डर्ट चार्टर्ड तथा सिद्धार्थ बैंक लागायका केहि बैंकहरुको गैर-बैंकिङ सम्पत्ति पनि न्यून रहनु विशेष उल्लेखनीय छ।

NIMB

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको गैर बैंकिङ सम्पत्ती सबैभन्दा कम छ। दुई सरकारी बैंक मध्ये नेपाल बैंकलाई छाडेर स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, सिद्धार्थ बैंक र राष्ट्रिय बाणिज्य बैंक निष्क्रिय कर्जा र गैर बैंकिङ सम्पत्तीको व्यवस्थापनमा सबैभन्दा अबब्बल देखिएका छन्।

यता, सबैभन्दा बढी निष्क्रिय कर्जा देखिएका बैंकहरूमा क्रमशः हिमालयन बैंक (७.६८%), कुमारी बैंक (६.९८%), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (६.०६%), लक्ष्मी सनराइज बैंक (५.८६%) र एनआइसी एशिया बैंक (५.७५%) परेका छन्। नेपाल एसबिआई बैंक बाहेक अन्य न्यूनतम निष्क्रिय कर्जा भएका बैंकहरूले अघिल्लो त्रैमासको तुलनामा आफ्नो अवस्था केही हदसम्म सुधार गर्न सफल भएका छन्।

निष्क्रिय कर्जा वृद्धि हुनुका कारणहरू

नेपालमा निष्क्रिय कर्जा बढ्नु पछाडि विभिन्न बहुआयामिक कारणहरू छन्। तीमध्ये प्रमुख कारणहरूमा २०७२ को भूकम्प, त्यसपछिको नाकाबन्दी, कोभिड महामारी र पछिल्लो समयको तरलता संकुचन पर्दछन्। हालको अवस्थामा निर्माण व्यवसाय र यससँग सम्बन्धित उद्योगधन्दा, जस्तै हार्डवेयर, स्टिल, सिमेन्ट, इँटा र हेभी इक्वीपमेन्ट प्रयोग गर्ने व्यवसायहरू बढी मात्रामा प्रभावित भएका छन्। डोजर र ठूला ट्रकहरूले काम नपाउदा समयमै कर्जाको व्याज तथा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका छन्।

त्यस्तै, कृषि तथा यातायात/ढुवानी क्षेत्रसमेत आर्थिक संकुचनको मारमा परेका छन्। आयातको परिमाण घटेपछि सुक्खा बन्दरगाह तथा सिमा नाकाबाट सञ्चालन हुने ट्रकहरूले प्रर्याप्त मात्रामा काम पाएका छैनन्। आयात घट्दा मात्र होइन, उपभोगसमेत घटेकाले व्यवसायको चक्र असन्तुलित भएको छ। यसले कर्जा लिएका व्यवसायीलाई समयमै आफ्नो कर्जाको व्याज र साँवा भुक्तानी गर्न कठिनाइ भएको छ।

व्यवसायीहरूले क्रेडिट साइकलको नियन्त्रण गुमाउँदै गएका छन्। ९० दिनको क्रेडिटमा बेचिएको सामानको भुक्तानी १८० दिन वा सोभन्दा लामो समयसम्म नआउँदा बैंकको एलसी भुक्तानीमा समस्या भएको छ। यस्ता अवस्थाहरूले व्यवसायको नगद प्रवाहलाई संकटमा पर्दा, कर्जाको सन्तुलन बिग्रिएको छ।

सरकारले निर्माण व्यवसायीहरुलाई समयमै भुक्तानी गर्न सकेको छैन। जसले गर्दा उनीहरूले आफूसँग भएको जगेडा, ऋण र सापटी प्रयोग गरी काम अगाडि बढाएको अवस्था छ। लागत बढेसँगै कर्जाको सेवा अवधि लम्बिएको छ, तर अझै पनि भुक्तानी बाँकी रहेकाले समस्या गहिरिएको छ।

नेपाल राष्ट्र बैंकको नीतिगत प्रभाव

कोभिडपछिको अवधिमा नेपाल राष्ट्र बैंकले ल्याएको ‘Permanent Working Capital’ तथा ‘Adjusted Working Capital’ नीतिहरूले खासै समस्याको समाधान गर्न सकेको पाइदैन। राष्ट्र बैंकले विगतमा भूकम्प, नाकाबन्दी र कोभिडको कारणदेखाउदै समस्याको समाधान गर्ने भन्दा पनि खुकुलो नीति अख्तियार गर्यो। जसको परिणाम स्वरुप अहिलेको आर्थिक अवस्था भोग्नु परिरहेको छ। सरकार तथा राष्ट्र बैंकले विगतको नीतिलाई मूल्याङ्कन गर्दै कोभिड पछि ‘Permanent Working Capital’ तथा ‘Adjusted Working Capital’ मार्फत नियन्त्रण गर्न खोज्यो। तर यी नीति यस्तो समयमा ल्याइयो जतिवेला मुलुकको अर्थतन्त्र भित्र भित्रै खोक्रो भइरहेको थियो।

अहिले ति सबै प्रभावहरू एकैचोटि प्रकट हुँदा ठूलो समस्या सिर्जना भएको हो। जब समस्या गहिरिँदै गयो, त्यसबेला राष्ट्र बैंकले उल्टै कठोर नीति अपनायो। यस्ता नीतिहरू व्यवसाय चुलिएर मुनाफा भइरहँदा लागू भएको भए लाभदायक हुन्थ्यो, तर अहिलेको जस्तो मन्दीको अवस्थामा यस्ता नीतिहरूले बैंक तथा समग्र अर्थतन्त्रलाई थप दबाबमा पारेका छन्।

गैर-बैंकिङ सम्पत्तिको अवस्था

वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक विवरणअनुसार हालसम्म गैर-बैंकिङ सम्पत्ति (NBA) ३८ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८ अर्ब ४२ करोड रुपैयाँले बढी हो। ऋणीले समयमै ऋण तिर्न नसक्दा बैंकले धितो लिलामको प्रक्रिया अघि बढाउँछ, तर लिलामी नहुँदा त्यस्ता सम्पत्ति बैंककै स्वामित्वमा आउनुपर्ने बाध्यता रहन्छ। पछिल्ला केही वर्षमा यस्तो प्रवृत्ति बढ्दो छ।

कृषि तथा पर्यटन क्षेत्रका समस्या

हाल कृषि क्षेत्रमा पनि कर्जा अत्यधिक बिग्रिएको छ। यसको मुख्य कारण कृषिका नाममा लिएको कर्जा जमिन खरिदमा प्रयोग गर्नु हो। कृषि उत्पादन घट्नु, मलखादको अभाव, बजार अभाव, पशुचौपायमा महामारी (जस्तै लम्पी स्किन डिजिज) ले कृषकहरू प्रभावित भएका छन्। पर्यटन व्यवसायीहरू पनि कोभिड र त्यसपछिको तरलता अभाव तथा उच्च ब्याजदरको मारबाट अझै मुक्त हुन सकेका छैनन्।

समग्रमा हेर्दा, निष्क्रिय कर्जाको वृद्धि, गैर-बैंकिङ सम्पत्तिको बढ्दो परिमाण, र विभिन्न क्षेत्रको आर्थिक मन्दीले बैंकिङ क्षेत्रलाई दबाबमा पारेको छ। यस्तो अवस्थामा पनि एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, सिद्धार्थ र नेपाल एसबिआई बैंकले तुलनात्मक रूपमा राम्रो कर्जा व्यवस्थापन गर्दै आएका छन्। २०७२ सालको भूकम्पदेखि कोभिडसम्मका असरहरू समाधान नहुँदै कठोर मौद्रिक नीति लागू गरिनुले समस्याको चाङ थपिएको हो। अब आवश्यक छ, समय अनुकूल लचिलो नीति, प्रभावकारी कर्जा मूल्याङ्कन प्रणाली र क्षेत्रगत विशेष ध्यानसहितको जोखिम व्यवस्थापन।

NBA

Bank

Ashad 2081

Push 2081

Chaitra 2081

SCB

-

-

-

NBL

206

204

204

RBB

306

298

320

Everest

522

520

613

SBL

728

704

754

Sanima

674

731

854

Nepal SBI

324

347

886

Machapuchre

1,202

1,070

968

ADBL

943

1,016

1,009

Citizen

821

961

1,032

NMB

851

1,125

1,145

Prabhu

790

1,212

1,325

Laxmi

1,563

1,581

1,712

Prime

1,912

2,024

2,386

Kumari

1,913

2,667

2,546

NIBL

3,017

3,084

3,116

Nabil

2,963

3,801

4,188

NIC Asia

4,362

4,074

4,588

Himalayan

2,415

4,251

5,144

GlobalIME

4,848

5,570

5,998

Total

30,360

35,240

38,788

Non-performing loans (NPL)

Bank

Chaitra 2080

Ashad 2081

Push 2081

Chaitra 2081

%

%

%

%

Everest

0.7

0.71

0.66

0.64

SCB

2.14

2.14

1.71

1.44

Sanima

1.89

1.72

3.22

3.42

SBL

2.52

2.17

4.5

4.04

Nepal SBI

1.98

1.96

3.55

4.06

NMB

2.86

3.4

3.96

4.47

Machapuchre

3.68

3.86

4.54

4.59

RBB

4.3

4.28

4.96

4.69

Nabil

4.04

4.45

4.93

4.96

GlobalIME

4.74

4.37

4.86

4.98

ADBL

3.3

3.91

4.9

4.98

Prabhu

4.81

4.94

5.06

5.09

NBL

4.85

4.33

4.99

5.45

Prime

4.29

4.65

4.96

5.65

Citizen

3.76

4.1

4.85

5.71

NIC Asia

3.08

3.45

4.61

5.75

Laxmi

5.49

4.63

5.67

5.86

NIBL

4.66

4.91

5.86

6.06

Kumari

4.95

5.96

6.96

6.98

Himalayan

4.96

4.98

4.98

7.68

Average

3.65

3.75

4.49

4.83

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया