Nepal Life

हाइड्रोपावरमा निजी लगानीको ढोका नेपाली कांग्रेसले खोलेको हो: देउवा, शेयर निष्काशनमा भएको ढिलाइ प्रति आपत्ती

Muktinath Bank
  • BFIS News
  • 2025 Jul Tue 16:57
हाइड्रोपावरमा निजी लगानीको ढोका नेपाली कांग्रेसले खोलेको हो: देउवा, शेयर निष्काशनमा भएको ढिलाइ प्रति आपत्ती
RBB

काठमाडौं, १५ साउन – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालको २३औं वार्षिक साधारणसभाको अवसरमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाइड्रोपावरमा निजी लगानीको ढोका नेपाली कांग्रेसले खोलेको बताएका छन्।

NIMB

उनले निजी क्षेत्रको सहभागिता सुरुदेखि नै नेपाली कांग्रेसको नीति रहेको स्मरण गराउँदै तत्कालिन कांग्रेस नेतृ शैलजा आचार्यको नेतृत्वमा जलस्रोत मन्त्रालयले निजी लगानीको ढोका खोलेको ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गरे। उनले थपे, "त्यही नीतिको निरन्तरताले आज निजी क्षेत्रले जलविद्युतमा झण्डै ८० प्रतिशत हिस्सा ओगट्न सफल भएको हो।"

"सरकारको साथ, निजी क्षेत्र चालक" भन्ने नारासहित मनाइएको यस वार्षिक उत्सवमा देउवाले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ गर्नुपर्ने धारणा राखे। ऊर्जा विकासमा सरकारले सबै प्रकारका सहजीकरण तथा समन्वय गर्नुपर्छ भन्ने आफ्नो अटल विश्वास रहेको बताउँदै उनले भने, "निजी क्षेत्रले जलविद्युत उत्पादनमा देखाएको प्रगति र योगदान अत्यन्त प्रशंसनीय छ। निजी क्षेत्रकै कारण आज देशले लोडसेडिङमुक्त वातावरण पाएको हो।"

पुर्व प्रधानमन्त्री देउवाले हालका ऊर्जा विकासका चुनौतीहरूको चर्चा गर्दै निजी क्षेत्रले उठाएका समस्या जस्तै शेयर निष्काशनमा ढिलाइ, विद्युत खरिद सम्झौता (PPA) नहुनु, प्रसारण लाइनको अभाव, सरकारी प्रक्रिया झन्झटिलो हुनु, राष्ट्रिय निकुञ्ज र वन मन्त्रालयका कारण आयोजना प्रभावित हुनु आदिलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। "देशमै बसेर लगानी गर्न चाहने तपाईँहरूलाई सहजीकरण गर्नुपर्छ, दुःख होइन," उनले जोड दिए।

देउवाले आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै निजीकरण तथा उदारवादी नीतिको सफल कार्यान्वयनले देशलाई विकासको बाटोमा अघि बढाएको स्पष्ट पारे। "विद्युत उत्पादन बढ्नु सुखद पक्ष हो। अहिले लोडसेडिङ छैन र छिमेकी मुलुकहरूसँग विद्युत व्यापार सुरु भइसकेको छ," उनले भने।

प्रधानमन्त्री रहेको समयमा भारतसँग ३९ मेगावाट विद्युत व्यापार सुरु गरिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विद्युत सहकार्यका लागि समझदारीमा हस्ताक्षर भएको पनि उनले स्मरण गरे। आज त्यसकै आधारमा भारतसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यापार भइरहेको उल्लेख गरे।

"बिजुली खपत बढाउने, उद्योग व्यवसाय सञ्चालन गर्ने र विद्युत व्यापारमा सरकार अगाडि बढ्नुपर्छ," भन्दै देउवाले स्वदेशी मात्र होइन, विदेशी लगानीकर्ताहरूलाई पनि सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिए। "लगानीकर्तालाई दुःख दिने कुरा हुनै हुँदैन," उनले प्रस्ट पारे।

दउवाले इपानको २३औं वार्षिक साधारणसभामा सहभागी सम्पूर्ण सदस्यहरू, उद्योगी तथा ऊर्जा क्षेत्रका अग्रणीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। साथै, वार्षिक उत्सवमा सम्मानित व्यक्तित्वहरूलाई पनि बधाई दिएका छन्।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया