Nepal Life

साउनको पहिलो सोमबार: पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि श्रद्धालुका लागि खुला

NMB Bank
  • BFIS News
  • 2025 Jul 21 10:34
साउनको पहिलो सोमबार: पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि श्रद्धालुका लागि खुला
National Life

काठमाडौं, साउन ५।  साउन महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरका चारवटै ढोका आज बिहान ३ बजेबाट श्रद्धालुका लागि खुला गरिएको छ।

 

Shikhar
NIMB

पशुपति क्षेत्र विकास कोष (पशुपति विकास कोष) का पदाधिकारी अरुण बिसेतका अनुसार, आज पशुपतिमा करीब ५ लाखभन्दा बढी श्रद्धालुहरू आउने अनुमान गरिएको छ। यसलाई ध्यानमा राख्दै विशेष व्यवस्था गरिएको उनले जानकारी दिए।

साउन महिनाका सोमबार हिन्दू धर्मावलम्बीहरूले उपवास राखी भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा रहेको छ। त्यसैले आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा भक्तजनहरूको भिड लागेको छ।

यसैबीच, कोषले साउन महिनाभर गरिने विशेष पूजाका लागि रु. ७,५०० भन्दा कमको टिकट उपलब्ध नगराइने स्पष्ट पारेको छ।

साथै, मारवाडी समाजले प्रत्येक सोमबार पशुपतिनाथ परिसरमा निशुल्क भोजन वितरण गर्ने व्यवस्था गरेको छ, जसलाई साउनभर निरन्तरता दिइनेछ।

श्रद्धालुहरूको सहजताका लागि काठमाडौं उपत्यकाको रिङरोड क्षेत्रमा निशुल्क बस सेवा पनि सञ्चालनमा ल्याइएको छ, जुन प्रत्येक सोमबार उपलब्ध हुनेछ।

पशुपति विकास कोषले भक्तजनलाई अनुशासित र सुरक्षित रूपमा पूजा–आराधनामा सहभागी हुन आग्रह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया