NIMB Header 2
Nepal Life

बेस्ट फाइनान्सको "ग्रीन सेभिङ डिपोजिट" सार्वजनिक, लायन्स क्लव नेपालसँग साझेदारीमा ५०० बिरुवा रोपाइँ

National Life
  • BFIS News
  • 2025 Jul 21 11:48
बेस्ट फाइनान्सको "ग्रीन सेभिङ डिपोजिट" सार्वजनिक, लायन्स क्लव नेपालसँग साझेदारीमा ५०० बिरुवा रोपाइँ
Sanima Reliance

काठमाडौं, साउन ५।   वातावरण संरक्षण र हरित वित्तलाई प्रोत्साहन गर्ने उद्देश्यले बेस्ट फाइनान्सले “ग्रीन सेभिङ डिपोजिट प्रोडक्ट” सार्वजनिक गरेको छ।

Shikhar
NIMB

नेपाल सरकारद्वारा हालै जारी गरिएको "नेपाल ग्रीन फाइनान्स टैक्सोनोमी, २०२४" सँग सुसंगत रहन यो नयाँ बचत योजना सुरु गरिएको हो, जसको उद्देश्य जलवायु परिवर्तनको जोखिम न्यून पार्नु, प्राकृतिक स्रोतहरूको संरक्षण गर्नु र प्रदूषण नियन्त्रण गर्नु हो।

यस बचत योजनामा ग्राहकले खाता खोल्दा बेस्ट फाइनान्सले ती ग्राहकको तर्फबाट एउटा रूख रोप्नेछ। यस अभियानलाई कार्यान्वयन गर्न बेस्ट फाइनान्सले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ। साझेदारीअनुसार खाली जमिनको पहिचान, बिरुवा रोपाइँ, पालनपोषण, संरक्षण र पाँच वर्षपछि स्थानीय निकायलाई हस्तान्तरणसम्मको जिम्मेवारी लिइनेछ।

साझेदारी सम्झौतामा बेस्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बी.एन. घर्ती र लायन्स जिल्ला क्षेत्र १ काठमाडौंका संयोजक चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका थिए।

अभियानअन्तर्गत हालै गोदामचौर, गोदावरी नगरपालिका–१ मा अवस्थित खाली जमिनमा ५०० बिरुवा रोपिएको छ। रोपाइँ कार्यक्रममा वडाध्यक्ष श्रीराज थापा, बेस्ट फाइनान्सका अध्यक्ष प्रा. डा. रामजी गौतम, सीईओ बी.एन. घर्ती, लायन्सका पदाधिकारी तथा ५० भन्दा बढी लायन्स क्लवका सदस्यहरूको उपस्थिति रहेको थियो।

साझेदारीमा दुवै पक्षले दीर्घकालीन वातावरणीय परिवर्तनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया