सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँको वृद्धि, चाँदी यथावत्
- BFIS News
- 2025 Jul 21 11:52
काठमाडौं, साउन ५। सुनको मूल्यमा आज उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा) का अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर अहिले रु. १,९३,७०० पुगेको छ। हिजोको मूल्य रु. १,९३,३०० प्रतितोला थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर आज रु. १,९३,००० प्रतितोला कायम भएको छ। हिजो यो मूल्य रु. १,९२,६०० थियो।
चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला रु. २,२८५ मा यथावत् रहेको महासंघले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया