NIMB Header 2
Nepal Life

छ्याङ्दी हाइड्रोपावर लिमिटेडद्वारा असारमा छुटेका २,९८,८३२ हकप्रद सेयर साउन १४ गतेदेखि लिलामीमा

National Life
  • BFIS News
  • 2025 Jul 23 12:35
छ्याङ्दी हाइड्रोपावर लिमिटेडद्वारा असारमा छुटेका २,९८,८३२ हकप्रद सेयर साउन १४ गतेदेखि लिलामीमा
Sanima Reliance

काठमाडौं, साउन ७। छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले आफ्ना अघिल्लो १:१ अनुपातमा निष्काशन गरिएको हकप्रद सेयरमध्ये बाँकी रहेका २,९८,८३२ इकाई सेयरहरू साउन १४ गतेदेखि २१ गतेसम्म लिलामीमार्फत बिक्री गर्न लागेको छ।

Shikhar
NIMB

कम्पनीले अघिल्लो चरणमा निष्काशन गरेको हकप्रद सेयरमध्ये ३५,७०,९४३ इकाई (९२.२८%) सेयर योग्य सेयरधनीहरूले आवेदन दिई बाँडफाँट भएको थियो। ७.७२% अर्थात् २,९८,८३२ इकाई सेयर भने योग्य लगानीकर्ताबाट दावी नभएपछि अब उक्त सेयरहरू सर्बसाधारणलाई लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

छ्याङ्दी हाइड्रोपावरले २०७९ जेठ २३ गतेदेखि असार १२ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो। यस लिलामीमा व्यक्तिगत तथा संस्थागत दुवै लगानीकर्ताहरूले सहभागी हुन सक्नेछन्।

यस सेयर लिलामीको न्यूनतम मूल्य दर रु. १०० तोकिएको छ भने कम्तीमा १०० इकाई सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले सम्पूर्ण सेयरका लागि समेत आवेदन दिन सक्ने भए तापनि नियामक निकायले तोकेको सीमा भन्दा बढीमा आवेदन दिन नपाइने व्यवस्था गरिएको छ।

यस लिलामीको इश्यू व्यवस्थापकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया