NIMB Header 2
Nepal Life

पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २६ सम्म थप

Citizen Life
  • BFIS News
  • 2025 Jul 27 10:32
पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २६ सम्म थप
Muktinath Bank

काठमाडौं । पिपुल्स पावर लिमिटेडलेले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीको ५० प्रतिशत हकप्रद शेयरमा अब साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।

NIMB

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अर्थात् 1:0.5 को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो।

हकप्रद निष्काशनका लागि कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। सोही अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद निष्काशनका लागि प्राप्त गरेको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP BB (Is)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्नसक्ने औसत जोखिम रहेको संकेत गर्दछ।

यस हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्बा प्रणालीमार्फत तथा CDSC को ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

हकप्रद शेयरमार्फत संकलित रकम पुवा–२ जलविद्युत् आयोजनाको निर्माणका लागि विभिन्न बैंकहरूसँग लिएको ऋणको भुक्तानीमा र बाँकी रकम आयोजनासम्बन्धी खर्च र कम्पनीद्वारा प्रवद्र्धित अन्य जलविद्युत् आयोजनाको विकासमा प्रयोग गरिने बताइएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया