Nepal Life

इन्फिनिटी लघुवित्तको नाफा दोब्बरभन्दा बढी, ९ करोड ३७ लाख रुपैयाँमा पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 10:49
इन्फिनिटी लघुवित्तको नाफा दोब्बरभन्दा बढी, ९ करोड ३७ लाख रुपैयाँमा पुग्यो
National Life

काठमाडौं, साउन ११ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा आर्जन गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा १०४.७१ प्रतिशतले वृद्धि भएको छ।

Shikhar
NIMB

गत वर्षको सोही अवधिमा ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले यस वर्ष ९ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको हो। नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँ ६४ पैसाले बढी हो।

खुद ब्याज आम्दानीमा ३९.६४ प्रतिशत र अन्य सञ्चालन आम्दानीमा ४९.६७ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ। यसले गर्दा कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशतले र सञ्चालन मुनाफा १७०.७७ प्रतिशतले बढेको छ।

अहिले इन्फिनिटी लघुवित्तको मूल्य-आर्जन अनुपात (P/E Ratio) ४६.१६ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ।

४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा हाल २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ। यस अवधिसम्ममा कम्पनीले ५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया