NIMB Header 2
Nepal Life

चितवनमा विद्युत् माग बढेपछि लोडसेडिङ तालिका सार्वजनिक, आज ६ घण्टा आपूर्ति अवरुद्ध

Citizen Life
  • BFIS News
  • 2025 Jul 27 11:34
चितवनमा विद्युत् माग बढेपछि लोडसेडिङ तालिका सार्वजनिक, आज ६ घण्टा आपूर्ति अवरुद्ध
Muktinath Bank

चितवन, साउन ११ । विद्युत् माग अत्यधिक बढेपछि नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरेको छ।

NIMB

शनिबार सार्वजनिक गरिएको सूचनामा, गर्मीको अत्यधिक प्रभावसिँचाइका लागि लोड बढेको भन्दै एक दिनका लागि लोड व्यवस्थापन गर्न विद्युत् कटौतीको तालिका लागू गरिएको प्राधिकरणले जनाएको छ।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार:

  • बिहान ३ घण्टा

  • दिउँसोदेखि साँझसम्म ३ घण्टा
    विद्युत् आपूर्ति अवरुद्ध हुने छ।

उनका अनुसार १३२/३३ केभी सबस्टेशनबाट वितरण हुने ३३ केभी डक कन्डक्टर तारले ३ सय एम्पियरभन्दा बढी लोड सहन नसक्ने भएकाले, अहिलेको ४५० एम्पियरभन्दा बढी लोड व्यवस्थापन गर्न एकदिने लोडसेडिङ आवश्यक भएको हो।
श्रेष्ठले एक हप्ताभित्र समस्या समाधान गरिने जानकारी दिए।

कुन–कुन स्थानमा कति समय लोडसेडिङ?

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार आज (आइतबार) निम्न स्थानहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ:

१. नारायणी–माडी फिडरहरू

  • बिहान: ६:००–९:००

  • दिउँसो: १५:००–१८:००

२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू

  • बिहान: ९:००–१२:००

  • बेलुका: १८:००–२१:००

३. जगतपुर–रामपुर फिडरहरू

  • दिउँसो: १२:००–१५:००

  • राति: २१:००–२४:००

दीर्घकालीन समाधानका प्रयास

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाका अनुसार, माग धान्न नसक्ने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न बसेंनी सबस्टेशनबाट विद्युत् आपूर्ति गर्ने गरी ३३ केभी नयाँ प्रसारण लाइन निर्माण कार्य अघि बढाइएको छ।

प्राधिकरणले उपभोक्ताहरूलाई अस्थायी असुविधाप्रति क्षमायाचना गर्दै लोड व्यवस्थापनमा सहकार्य गर्न आग्रह गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया