NIMB Header 2
Nepal Life

एआईले बढायो पानी संकट, च्याटजीपीटीले एक प्रश्नको उत्तर दिन १५ चम्चा पानी खर्च

Muktinath Bank
  • BFIS News
  • 2025 Jul 27 16:03
एआईले बढायो पानी संकट, च्याटजीपीटीले एक प्रश्नको उत्तर दिन १५ चम्चा पानी खर्च
Everest Bank

काठमाडौं, साउन ११। विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र गतिमा बढिरहेका बेला, यसको कारणले खानेपानी संकट थप गहिरिएको भन्दै विश्वका विभिन्न देशमा विरोध प्रदर्शन सुरु भएका छन्।

Shikhar
NIMB

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार विश्वका झण्डै ७ अर्ब जनसंख्यामध्ये आधा भागले अहिले पनि खानेपानीको अभाव भोगिरहेका छन्। जलवायु परिवर्तनका कारण यो समस्या झनै चर्किंदै गएको अवस्थामा एआई प्रविधिको प्रयोगले पानीको खपत अत्यधिक बढाएको भन्दै विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

एक उत्तरका लागि १५ चम्चा पानी
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार च्याटजीपीटीले एउटा प्रश्नको उत्तर दिन औसतमा १५ चम्चा पानी प्रयोग गर्छ। यसरी पानीको खपत प्रश्नको प्रकृति, जवाफको लम्बाइ, डेटा स्रोत, र प्रसंस्करण स्थानमा निर्भर हुन्छ।

ओपनएआईका अनुसार च्याटजीपीटीले दैनिक झन्डै एक अर्ब प्रश्नहरूको उत्तर दिन्छ, जसअनुसार दैनिक झन्डै १५ अर्ब चम्चा पानी खर्च हुने अनुमान गरिएको छ।

२०२७ सम्म ६ गुणासम्म पानी खपत बढ्ने
अमेरिकी अध्ययन अनुसार सन् २०२७ सम्म एआई उद्योगले वार्षिक रूपमा प्रयोग गर्ने पानीको मात्रा चारदेखि छ गुणासम्म बढ्नेछ, जुन डेनमार्कजस्ता देशको वार्षिक पानी खपतभन्दा बढी हुने अनुमान गरिएको छ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक तथा अध्ययनका सहलेखक शाओले रेनका अनुसार, “हामीले जति धेरै एआई प्रयोग गर्छौं, त्यति नै धेरै पानी खपत गर्छौं।”

डाटा सेन्टरमा पानीको अत्यधिक प्रयोग
निबन्ध लेख्नेदेखि लिएर डीपफेक बनाउनेजस्ता कार्यमा प्रयोग हुने विशाल डाटा सेन्टरहरू प्रायः फुटबल मैदानजस्तै ठूला हुन्छन्। यी केन्द्रहरूमा लगातार विद्युत् प्रयोग हुँदा सर्भरहरू तात्ने भएकाले तिनीहरूलाई चिस्याउन ठूलो मात्रामा सफा पानी प्रयोग गरिन्छ।

गुगल सर्चभन्दा १० गुणा बढी बिजुली खपत
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) का अनुसार च्याटजीपीटीले एउटा प्रश्नको उत्तर दिन गुगल सर्चले एकपटक खोज गर्दा प्रयोग गर्ने बिजुलीभन्दा १० गुणा बढी ऊर्जा खपत गर्छ। बढी बिजुली प्रयोग हुँदा सर्भर चिस्याउन आवश्यक पानीको मात्रा पनि स्वाभाविक रूपमा बढ्छ।

विरोध प्रदर्शन र डेटा सेन्टर स्थानान्तरणको योजना
स्पेनको वातावरणीय समूह "Your Cloud is Drying Up My River" ले डेटा सेन्टर विस्तारको विरोधमा समिति गठन गरी आन्दोलन शुरू गरेको छ।

चरम सुख्खा प्रभावित चिली र उरुग्वेमा पनि एआई र डेटा सेन्टरहरूविरुद्ध विरोध प्रदर्शन तीव्र बनेको छ। परिणामस्वरूप, गुगलले ती क्षेत्रमा रहेको आफ्नो डेटा सेन्टर स्थानान्तरण गर्ने योजना बनाएको छ।

त्यस्तै, अमेरिकाका एरिजोना राज्यलगायतका धेरै स्थानहरूमा पनि एआई प्रविधिको अत्यधिक पानी खपतको विरोधमा प्रदर्शनहरू तीव्र हुँदै गएका छन्।

विज्ञहरूका अनुसार यदि एआई प्रविधिको विकाससँगै पानीको खपत नियन्त्रण नगरेमा आगामी दिनमा मानव जीवन र वातावरणमा गम्भीर असर पर्न सक्ने सम्भावना अत्यधिक छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया