NIMB Header 2
Nepal Life

एमसीसी कार्यक्रमलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

National Life
  • BFIS News
  • 2025 Jul 27 21:49
एमसीसी कार्यक्रमलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
Sanima Reliance

काठमाडौं।  अमेरिकी सरकारले नेपालमा सञ्चालनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

Shikhar
NIMB

गत साता गरिएको यो निर्णयबारे नेपालस्थित अमेरिकी दूतावासले जानकारी गराएको हो।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं।"

५० करोड अमेरिकी डलर बराबरको एमसीसी अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलरको थप योगदानसहितको यो परियोजना विद्युत् प्रसारण पूर्वाधार निर्माण तथा सडक सञ्जाल सुधारमा केन्द्रित छ।

दूतावासका अनुसार, यो परियोजनाले नेपालको आर्थिक समृद्धि, भौतिक पूर्वाधारको स्तरोन्नति र क्षेत्रीय ऊर्जा प्रवाहको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अमेरिकी सरकारको यो निर्णयसँगै एमसीसी कार्यक्रमको कार्यान्वयनमा थप स्पष्टता आएको छ र कार्यक्रम अगाडि बढ्ने बाटो खुलेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया