Nepal Life

सामाजिक सुरक्षा कोषबाट धनी बन्ने परिकल्पना भ्रम होः महान्यायाधिवक्ता बडाल

NMB Bank
  • BFIS News
  • 2025 Jul 28 12:13
सामाजिक सुरक्षा कोषबाट धनी बन्ने परिकल्पना भ्रम होः महान्यायाधिवक्ता बडाल
National Life

काठमाडौं । हान्यायाधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोष (SSF) धनी बन्ने माध्यम नभएको स्पष्ट पारेका छन्। उनले कोषलाई बचत वा लगानीको विकल्पको रूपमा हेर्नु भ्रमपूर्ण हुने बताए।

Shikhar
NIMB

सोमबार सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियान’ अन्तर्गत भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै बडालले भने, “सोसियल सेक्युरिटी फण्डले कसैलाई धनी बनाउने उद्देश्य राख्दैन, तर रोग र भोकको कारण कसैको ज्यान पनि जान दिँदैन।”

उनले सामाजिक सुरक्षा कोषमा गरिएको योगदानलाई बैंकको बचत वा शेयर लगानीसँग तुलना गर्नु उपयुक्त नहुने बताए। “बैंकमा राखेको पैसा झिकेर घरजग्गा किन्न सकिन्छ, शेयरमा लगानी गरेर मुनाफा कमाउन सकिन्छ भन्ने सोच सामाजिक सुरक्षा कोषमा लागु हुँदैन,” बडालले भने, “यसले तपाईंलाई स्वाट्टै धनी बनाउने छैन।”

उनले कानून व्यवसायीहरूलाई कोषलाई सामाजिक सुरक्षाको संयन्त्रका रूपमा बुझ्न आग्रह गरे। उनका अनुसार सामाजिक सुरक्षा कोषले बाल्यकालदेखि वृद्धावस्था, दुर्घटना, अशक्तता, रोग र आपतकालीन अवस्थाहरूमा जीवनरक्षा गर्ने व्यवस्था मिलाउँछ।

नेपाल बार एशोसिएसन र सामाजिक सुरक्षा कोषबीचको सहमतिपछि बारमा आवद्ध कानून व्यवसायीहरू कोषमा सहभागी भएका छन्। बडालले यो सहभागिता पेशागत सुरक्षाका लागि महत्वपूर्ण पाइला भएको उल्लेख गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया