NIMB Header 2
Nepal Life

सिद्धार्थ क्यापिटलद्वारा आषाढ महिनाको म्युचुअल फन्ड NAV विवरण सार्वजनिक

National Life
  • BFIS News
  • 2025 Jul 28 12:24
सिद्धार्थ क्यापिटलद्वारा आषाढ महिनाको म्युचुअल फन्ड NAV विवरण सार्वजनिक
Sanima Reliance

काठमाडौं।  सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएका विभिन्न म्युचुअल फन्डहरूको आषाढ महिनाको नेट एसेट भ्यालु (NAV) विवरण सार्वजनिक गरेको छ।

Shikhar
NIMB

चार वटा म्युचुअल फन्ड योजनाको रिपोर्ट अनुसार NAV र नाफा दुवैमा वृद्धि देखिएको छ।


सिद्धार्थ इक्विटी फन्ड (SEF)

१० वर्षे बन्द गरिएको यो फन्डको NAV आषाढको अन्त्यसम्ममा रु. १२.३२ पुगेको छ, जुन अघिल्लो महिनामा रु. ११.६८ थियो।
फन्ड साइज: रु. १.५० अर्ब
लगानी विवरण:

  • सूचीकृत शेयरमा: रु. १.६४ अर्ब

  • सार्वजनिक निष्काशन, हकप्रद र बोनस सेयरमा: रु. ३.८३ करोड

  • ऋणपत्र तथा डिबेन्चरमा: रु. ६.४४ करोड

  • बैंक मौज्दात: रु. ११.५४ करोड
    नाफा: आषाढसम्म कुल रु. ३०.५४ करोड, अघिल्लो महिना रु. २०.९४ करोड थियो।


सिद्धार्थ सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किम (SSIS)

खुला प्रकारको यो फन्ड NEPSE मा कारोबार गर्न मिल्दैन र यसमा परिपक्वताको अवधि पनि छैन।
फन्ड साइज: रु. १.६० अर्ब
NAV: आषाढमा रु. ११.४७, अघिल्लो महिना रु. १०.८६
लगानी विवरण:

  • सूचीकृत शेयरमा: रु. १.५६ अर्ब

  • सार्वजनिक निष्काशनमा: रु. ४.१७ करोड

  • ऋणपत्र र डिबेन्चरमा: रु. ४.३० करोड

  • बैंक मौज्दात: रु. ११.४७ करोड
    नाफा: आषाढमा रु. १८.९८ करोड, अघिल्लो महिना रु. ९.२६ करोड


सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम - २ (SIGS2)

१० वर्षे बन्द फन्डको रुपमा रहेको यस योजनाको NAV आषाढ अन्त्यसम्ममा रु. १२.४९ पुगेको छ, जुन अघिल्लो महिनामा रु. ११.८१ थियो।
फन्ड साइज: रु. १.२० अर्ब
लगानी विवरण:

  • सूचीकृत शेयरमा: रु. १.३६ अर्ब

  • सार्वजनिक निष्काशन, हकप्रद र बोनस सेयरमा: रु. ४.७६ करोड

  • ऋणपत्र तथा डिबेन्चरमा: रु. २.६४ करोड

  • निश्चित निक्षेप (FD) मा: रु. १ करोड

  • बैंक मौज्दात: रु. ६.१८ करोड
    नाफा: आषाढमा रु. २५.२७ करोड, अघिल्लो महिना रु. १७.१२ करोड


सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम - ३ (SIGS3)

१० वर्षे बन्द प्रकृतिको यो फन्डले आषाढ महिनाको NAV रु. १२.५३ सार्वजनिक गरेको छ, जुन अघिल्लो महिनामा रु. ११.९१ थियो।
फन्ड साइज: रु. ८०.५८ करोड
लगानी विवरण:

  • सूचीकृत शेयरमा: रु. ८८.५४ करोड

  • सार्वजनिक निष्काशनमा: रु. ४.४३ करोड

  • ऋणपत्र तथा डिबेन्चरमा: रु. ८५.६० लाख

  • बैंक मौज्दात: रु. ८.२५ करोड
    नाफा: आषाढमा रु. १६.३२ करोड, अघिल्लो महिना रु. ११.३३ करोड


सिद्धार्थ क्यापिटलले आफ्ना विभिन्न म्युचुअल फन्ड योजनामा लगानीकर्ताको सम्पत्ति वृद्धिको स्पष्ट संकेत गर्ने गरी रिपोर्ट सार्वजनिक गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया