NIMB Header 2
Nepal Life

लक्ष्मी सनराइज क्यापिटलको ‘एलएस होराइजन १२’ सेबोनको पाइपलाइनमा

National Life
  • BFIS News
  • 2025 Jul 28 12:40
लक्ष्मी सनराइज क्यापिटलको ‘एलएस होराइजन १२’ सेबोनको पाइपलाइनमा
Sanima Reliance

काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले ल्याउन लागेको नयाँ म्युचुअल फन्ड योजना ‘एलएस होराइजन १२’को सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। 

Shikhar
NIMB

एलएस होराइजन १२ एक बन्द प्रकारको म्युचुअल फन्ड योजना हो, जसको कुल कोष रु. १.२० अर्ब रहनेछ। यो कोष १२ करोड इकाइमा विभाजित हुनेछ, जसको प्रत्येक इकाइको अंकित मूल्य रु. १० तोकिएको छ। यस योजनाको प्रस्ताव २०८२ साल वैशाख २६ गते सेबोनमा दर्ता गरिएको हो।

यस योजनाको फन्ड व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ भने फन्ड प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

सेबोनको स्वीकृति पश्चात् यो योजना सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत ल्याइनेछ। योजनाको अवधि र विस्तृत विवरण स्वीकृति पछि सार्वजनिक गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया