Nepal Life

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ४ म्युचुअल फण्डले नगद लाभांश घोषणा, कुन फण्डले कति दिने?

NMB Bank
  • BFIS News
  • 2025 Aug 03 12:54
एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ४ म्युचुअल फण्डले नगद लाभांश घोषणा, कुन फण्डले कति दिने?
National Life

काठमाडौं, साउन १८।  एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित चारवटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले नगद लाभांश घोषणा गरेका छन्।

Shikhar
NIMB

फण्डहरूले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुल ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

प्राप्त जानकारी अनुसार, निम्न फण्डहरूले यति प्रतिशत नगद लाभांश दिने भएका छन्:

  • एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड – १०.१०%

  • एनआईसी एशिया ब्यालेन्स फण्ड – ९.९०%

  • एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) – ८.६५%

  • एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड – ५.५५%

घोषित लाभांश वितरणको प्रयोजनका लागि साउन २९ गते एक दिनका लागि इकाइधनी पुस्तिका बन्द (Book Closure) गरिने छ। लाभांश पाउन चाहने लगानीकर्ताले साउन २८ गते, बुधबार सम्ममा फण्डका इकाइधनी भइसकेको हुनुपर्नेछ।

यी फण्डमा लगानीकर्ताहरूका लागि यो लाभांश वितरणले सकारात्मक संकेत दिएको विश्लेषकहरूको भनाइ छ। म्युचुअल फण्डमा दीर्घकालीन लगानी गर्नेहरूका लागि यस्ता प्रतिफल उत्साहजनक मानिन्छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया