NIMB Header 2
Nepal Life

२१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजना लागि ४१ अर्ब ६० करोडको लगानी सुनिश्चित, ऊर्जा आत्मनिर्भरतातर्फ ठूलो फड्को

National Life
  • BFIS News
  • 2025 Aug 03 13:49
२१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजना लागि ४१ अर्ब ६० करोडको लगानी सुनिश्चित, ऊर्जा आत्मनिर्भरतातर्फ ठूलो फड्को
Sanima Reliance

बझाङ, साउन १८।  बझाङमा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर सेती जलविद्युत् आयोजनाले ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन (Financial Closure) सफलतापूर्वक सम्पन्न गरेको छ। यो उपलब्धिलाई नेपालको नवीकरणीय ऊर्जा विकासतर्फको एक महत्वपूर्ण पाइला मानिएको छ।

Shikhar
NIMB

कुमारी बैंक लिमिटेडको नेतृत्वमा १४ वटै वाणिज्य बैंकहरूको कन्सोर्टियमले परियोजनामा लगानी सुनिश्चित गरेका हुन्। अर्ध-जलाशय प्रणालीमा आधारित यस आयोजना बाट वार्षिक १,२२९ गिगावाट घण्टा (GWh) बिजुली उत्पादन हुने छ, जसले देशको ऊर्जा आयातमा निर्भरता घटाउने र ऊर्जा आत्मनिर्भरताको लक्ष्यमा सहयोग पुगाउने अपेक्षा गरिएको छ।

प्रमुख विशेषताहरू:

  • बिजुली उत्पादन सुरु गर्ने लक्ष्य: सन् २०३१ जुलाई (सन् २०८८ असारभित्र)

  • उत्पादनको पहिलो वर्षमा आम्दानी: करिब ७ अर्ब ६७ करोड रुपैयाँ

  • पूर्वाधार: २२० केभी स्विचयार्ड, ३० किलोमिटर लामो प्रसारण लाइन

लगानी संरचना:

परियोजनाको इक्विटी हिस्सा समृद्धि इनर्जी लिमिटेडमार्फत उठाइएको हो, जसमा विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्ताहरू सहभागी छन्।

स्थानीय स्तरमा प्रभाव:

परियोजनाबाट स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, र सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ।

कुमारी बैंकको नेतृत्वदायी भूमिका:

ऊर्जा पूर्वाधारमा सक्रिय भूमिका खेल्दै आएको कुमारी बैंकको यो आयोजनामा नेतृत्वले यसलाई ऊर्जा क्षेत्रमा विश्वासिलो वित्तीय साझेदारको रूपमा उभ्याएको छ। बैंकले हालसम्म ६५ भन्दा बढी ऊर्जा परियोजनामा लगानी गरिसकेको जनाएको छ।

यो आयोजना नेपालले दीर्घकालीन रूपमा ऊर्जा निर्यात गर्ने देश बन्ने लक्ष्यमा थप टेवा पुगाउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया