Nepal Life

सडक विस्तारसँगै सुरक्षा अनिवार्य रुपमा समेटिन्छ: भौतिक पूर्वाधार मन्त्री दाहाल

NMB Bank
  • BFIS News
  • 2025 Aug 03 13:58
सडक विस्तारसँगै सुरक्षा अनिवार्य रुपमा समेटिन्छ: भौतिक पूर्वाधार मन्त्री दाहाल
National Life

काठमाडौं, साउन १८।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षालाई अनिवार्यरूपमा समेटिने बताएका छन्।

Shikhar
NIMB

नेपाल अटोमोबाइल एसोसिएसन नेपाल (नासा) द्वारा ललितपुरमा आइतबार आयोजित ‘अटोमोबाइल तथा मोबिलिटी नीति’ सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री दाहालले सडक सञ्जालको विस्तारसँगै सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै अबका सबै योजनामा सुरक्षा अपरिहार्य बन्ने स्पष्ट पारे।

उनले भने, “नेपालको भौगोलिक अवस्था जटिल छ, त्यसैले सडक सुरक्षाको विषयमा कुनै सम्झौता गर्न मिल्दैन।”

मन्त्री दाहालका अनुसार, सडक सुरक्षालाई कानुनी रूपमा सुनिश्चित गर्नका लागि तयार पारिएको सडक सुरक्षा ऐन अन्तिम चरणमा पुगेको छ। उनले यस ऐनमार्फत देशभरका सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य रहेको बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया