Nepal Life

सिंगटी हाइड्रो नाफामा, विद्युत बिक्री आम्दानी ७२८ प्रतिशतले बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 04 10:21
सिंगटी हाइड्रो नाफामा, विद्युत बिक्री आम्दानी ७२८ प्रतिशतले बढ्यो
National Life

काठमाडौं, साउन १९।  सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफामा उक्लिएको छ। अघिल्लो वर्ष नोक्सानीमा रहेको कम्पनीले यस वर्ष विद्युत बिक्री आम्दानी उल्लेख्य वृद्धि गरेपछि १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

Shikhar
NIMB

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा थियो। विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशतले वृद्धि भई ६७ करोड ७१ लाख रुपैयाँ पुगेपछि कम्पनी नाफामा फर्किएको हो।

चौथो त्रैमासको समीक्षाअवधिमा कम्पनीको सञ्चालन आम्दानी ७६०.६५ प्रतिशत र अन्य आम्दानी ९२०.४६ प्रतिशतले बढेको देखिन्छ। कुल खर्च पनि २५६.७८ प्रतिशतले बढेर पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा तथा मूल्य-आम्दानी अनुपात (P/E ratio) ५५.७५ गुणा रहेको छ।

सिंगटी हाइड्रोले आम्दानीमा देखिएको यो उल्लेखनीय सुधारले आगामी दिनमा लगानीकर्ताको भरोसा थप बलियो बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया