NIMB Header 2
Nepal Life

विद्युत बिक्री आम्दानी घटेपछि बुद्धभूमि नेपाल हाइड्रोपावरको नोक्सानी बढ्यो

National Life
  • BFIS News
  • 2025 Aug 04 10:25
विद्युत बिक्री आम्दानी घटेपछि बुद्धभूमि नेपाल हाइड्रोपावरको नोक्सानी बढ्यो
Sanima Reliance

काठमाडौं, साउन १९।  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षभन्दा बढी नोक्सानी भएको जानकारी दिएको छ।

Shikhar
NIMB

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड २५ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ, जुन अघिल्लो वर्षको १ करोड ४९ लाख रुपैयाँ नोक्सानीभन्दा उच्च हो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढेको हो। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा झरेको छ। सोही अवधिमा कुल नाफा पनि घट्दै १३ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १४ करोड १ लाख रुपैयाँ थियो।

त्यस्तै, कम्पनीको कुल खर्च ६ करोड २७ लाख रुपैयाँबाट बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ, जसले नोक्सानी थप बढाएको देखिन्छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक ५ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा छ। ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ।

लगानीकर्ताहरूको दृष्टिमा यो वित्तीय परिणाम कम्पनीको वित्तीय सुधारका लागि चुनौतीको संकेतका रूपमा लिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया