Nepal Life

मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणित, विश्व मापदण्डभन्दा उत्कृष्ट प्रदर्शन

NMB Bank
  • BFIS News
  • 2025 Aug 04 12:20
मेटलाइफ नेपाल ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणित, विश्व मापदण्डभन्दा उत्कृष्ट प्रदर्शन
National Life

काठमाडौं, साउन १९।  मेटलाइफ नेपालले ‘ग्रेट प्लेस टु वर्क’ को प्रमाणपत्र प्राप्त गर्दै उत्कृष्ट कार्यस्थलको मान्यता पाएको छ। ग्रेट प्लेस टु वर्क ट्रस्ट इन्डेक्स सर्वेक्षणमा सहभागी ३३ वटा मेटलाइफ बजारहरूमध्ये नेपालले विश्व मापदण्डभन्दा उत्कृष्ट प्रदर्शन गर्दै यो उपाधि प्राप्त गरेको हो।

 

Shikhar
NIMB

विश्वभर २४,००० भन्दा बढी कर्मचारीहरूको सहभागितामा गरिएको सर्वेक्षणमा मेटलाइफ नेपालको कार्यस्थल संस्कार, समावेशिता र साझा उद्देश्यका आधारमा उत्कृष्टता देखिएको जनाइएको छ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले यो मान्यताले संस्थाभित्रको विश्वास, सम्मान र सशक्तिकरणको संस्कृतिलाई पुष्टि गरेको बताए।

विश्वका ४० भन्दा बढी बजारहरूमा सेवा दिँदै आएको मेटलाइफले नेपालमा सन् २००१ देखि जीवन बीमा, स्वास्थ्य बीमा र समुह बीमा सेवा प्रदान गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया