NIMB Header 2
Nepal Life

पूँजी बजार सुधारका विषयमा लगानीकर्ताको माग : अर्थमन्त्रीसँग भेटेर तीन प्रमुख सुझाव

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 05 14:49
पूँजी बजार सुधारका विषयमा लगानीकर्ताको माग : अर्थमन्त्रीसँग भेटेर तीन प्रमुख सुझाव
Everest Bank

काठमाडौं, साउन २०।  नेपाल शेयर बजार लगानीकर्ता संघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै पूँजी बजारको सुधार र दिगो विकासका लागि तीन प्रमुख सुझावसहितको सुझावपत्र पेश गरेको छ।

Shikhar
NIMB

भेटका क्रममा पूँजीबजारको वर्तमान अवस्था, लगानीकर्ताका हकहित, बजारको उन्नति र समयसापेक्ष सुधारका उपायबारे विस्तृत छलफल भएको थियो।

अर्थमन्त्री पौडेलले पूँजीबजारलाई देशको अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “निकट भविष्यमा सुधार आवश्यक पक्षहरूको ठोस पहिचान गरी कार्यान्वयनमा विशेष जोड दिइनेछ। यस विषयमा तपाईंहरू विश्वस्त हुन म अनुरोध गर्दछु।”

संघले पूँजीबजारको दिगो विकासका लागि लगानीकर्तामैत्री वातावरण निर्माण गर्न जोड दिएको छ। संघका महासचिव रविन कँडेलका अनुसार, बलियो पूर्वाधार, गतिशील निर्णय कार्यान्वयन र नीतिगत स्थिरता विना बजारको आधुनिकीकरण असम्भव छ।

संघले अर्थमन्त्रीसमक्ष तीन प्रमुख माग राख्यो:

१. छुट्टाछुट्टै ISIN नम्बरको कार्यान्वयन:
सीडीएससीको निर्देशन अनुसार हकप्रद, बोनस र साधारण शेयर (IPO) का लागि छुट्टाछुट्टै ISIN नम्बर अनिवार्य रूपमा लागू गर्न माग गरिएको छ। यसले बजारमा पारदर्शिता र प्रणालीगत व्यवस्थापनलाई सहज बनाउने संघको भनाइ छ।

२. नेप्सेमा तत्काल प्रणालीगत सुधार:
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको प्राविधिक र प्रणालीगत कमजोरी तत्काल सुधार गर्नुपर्ने माग गरिएको छ। लगानीकर्ताले भोग्नुपरेका समस्या अन्त्य गर्नका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको संघको तर्क छ।

३. नियामक निकायको संरचनात्मक सुधार:
नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायत पूँजी बजारसम्बन्धी सबै नियामक निकायलाई एउटै संरचनामा एकीकृत गर्नुपर्ने संघको सुझाव छ। यसले नीति निर्माणमा समन्वय र नियमनमा प्रभावकारिता ल्याउने संघको विश्वास छ।

भेटका अन्त्यमा अर्थमन्त्री पौडेलले संघका सुझावहरूमाथि आवश्यक अध्ययन र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया