NIMB Header 2
Nepal Life

बिफु नेपालद्वारा मौद्रिक नीति सम्बन्धी नलेज शेयरिङ कार्यक्रम सम्पन्न

National Life
  • BFIS News
  • 2025 Aug 05 15:03
बिफु नेपालद्वारा मौद्रिक नीति सम्बन्धी नलेज शेयरिङ कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं, साउन २०।   बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बिफु) नेपालले मौद्रिक नीति २०८२/०८३ सम्बन्धी नलेज शेयरिङ कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ।

Shikhar
NIMB

कार्यक्रमको उद्देश्य बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने रहेको बिफु नेपालले जनाएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए। उनले मौद्रिक नीतिले लिएको उद्देश्य, कार्यदिशा, प्राथमिकता, मुद्रास्फीति नियन्त्रण, मुद्राको आपूर्ति, विदेशी मुद्रा व्यवस्थापन, कर्जाको गुणस्तर सुधार र बैंक तथा वित्तीय संस्थाको भूमिका लगायत विषयमा विश्लेषणात्मक प्रस्तुति दिएका थिए। साथै उनले सहभागीहरूको जिज्ञासाको पनि जवाफ दिएका थिए।

कार्यक्रम बिफु नेपालका अध्यक्ष धर्मप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पेसागत महासंघ नेपालका इन्चार्ज रामेश्वर फुँयाल प्रमुख अतिथि थिए। कार्यक्रममा बिफु नेपालका उपाध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले स्वागत मन्तव्य राखेका थिए भने उपमहासचिव पुरुषोत्तम आचार्यले सञ्चालन गरेका थिए।

कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्ष भोलाप्रसाद पोखरेल, बिफुका इन्चार्ज कमलप्रसाद पराजुलीलगायत १५० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।

बिफु नेपालले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया