Nepal Life

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि सुरु, उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 05 15:13
नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि सुरु, उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने
National Life

काठमाडौं, साउन २०।  नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) द्वारा आयोजना गरिने नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ६ गतेसम्म राजधानीमा आयोजना हुने भएको छ।

Shikhar
NIMB

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले शोको औपचारिक घोषणा गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शोको उद्घाटन गर्ने जानकारी दिएको हो।

नाडा अटो शोलाई केवल अटोमोबाइल प्रदर्शनी नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्बको रूपमा प्रस्तुत गर्ने आयोजकको भनाइ छ।

‘Go for More’ भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै स्थानमा ल्याउने अपेक्षा गरिएको छ।

शोमा चारपांग्रे, दुईपांग्रे, इलेक्ट्रिक सवारीसाधन, अटो पार्ट्स, लुब्रिकेन्ट, वित्तीय सेवा र बीमा कम्पनीहरूले सहभागिता जनाउनेछन्। अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो वार्षिक कार्यक्रमका रूपमा चिनिने नाडा अटो शोमा यसपटक पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया