NIMB Header 2
Nepal Life

नेपाल पोर्चुगल सम्बन्ध विस्तारको लागि चन्द्र टण्डन र राजदूत पौडेलबीच रणनीतिक छलफल

Citizen Life
  • BFIS News
  • 2025 Aug 05 18:25
नेपाल पोर्चुगल सम्बन्ध विस्तारको लागि चन्द्र टण्डन र राजदूत पौडेलबीच रणनीतिक छलफल
Muktinath Bank

काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (CNI) का सभापति तथा केन्यामा नेपालको अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच हालै एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

NIMB

उक्त भेटमा बिदेशी प्रत्यक्ष लगानी (FDI) भित्र्याउन आवश्यक रणनीतिहरू, उत्पादनशील क्षेत्रहरूमा लगानीको सम्भावना, प्रविधी स्थानान्तरण तथा रेमिटान्सलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्न औपचारिक नेटवर्कहरूको स्थापना सम्बन्धी विषयमा गहन छलफल भएको थियो। साथै, नेपाललाई साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा अध्यात्मिक रिट्रीटको शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने रणनीतिहरुमा पनि विचारविमर्श गरिएको थियो।

राजदूत पौडेलले पोर्चुगलमा रहेका नेपाली समुदायका समस्या समाधानमा आफू सक्रिय रहेको उल्लेख गर्दै नेपाली आप्रवासीहरूको हकहित सुनिश्चित गर्ने प्रयासहरु निरन्तर भइरहेका बताएका छन्। साथै, पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजनाहरू अगाडि बढाइएको जानकारी पनि दिए।

छलफलको क्रममा पोर्चुगलस्थित नेपाली दूतावास र नेपाल उद्योग वाणिज्य महासंघ (CNI) बीचको संस्थागत सहकार्यलाई अझ बलियो बनाउने विषयमा समेत ध्यान केन्द्रित गरिएको थियो। यो बैठकले नेपाल–पोर्चुगल सम्बन्धमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया