सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्यमा वृद्धि
- BFIS News
- 2025 Aug Wed 11:23

काठमाडौं, साउन २१। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो।
उता, चाँदीको मूल्य भने आज २५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ३०५ रुपैयाँ पुगेको छ, जुन मंगलबारको २ हजार २८० रुपैयाँ प्रतितोलाको मूल्यभन्दा बढी हो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै माग र आपूर्तिको अवस्थाले पनि स्थानीय बजारमा मूल्य निर्धारणमा असर पारिरहेको छ।
प्रतिक्रिया