Nepal Life

लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्डको लाभांश पाउन आज अन्तिम कारोबार दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 11:18
लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्डको लाभांश पाउन आज अन्तिम कारोबार दिन
National Life

काठमाडौं।   लक्ष्मी भ्यालु फन्ड–२ (LVF2) र सनराइज ब्लुचिप फन्ड (SBCF) को प्रस्तावित नगद लाभांश प्राप्त गर्न आज (साउन २१) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्ने अन्तिम दिन हो।

Shikhar
NIMB

एलएस क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लक्ष्मी भ्यालु फन्ड–२ का इकाईधनीहरूलाई १५ प्रतिशत र सनराइज ब्लुचिप फन्डका इकाईधनीहरूलाई करसहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले साउन २६ गतेलाई बुक क्लोज मिति तोकेको छ। तसर्थ, सो मितिभन्दा अगाडि इकाई कायम गरेका लगानीकर्ताहरूले मात्र लाभांश प्राप्त गर्न तथा आउँदो वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया