Nepal Life

१० कम्पनीको अनुगमनमा ५ लाई जरिवाना, ५ सँग स्पष्टीकरण माग

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 15:16
१० कम्पनीको अनुगमनमा ५ लाई जरिवाना, ५ सँग स्पष्टीकरण माग
National Life

काठमाडौं।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हक अधिकार हनन भएको उजुरी र अनुगमनको आधारमा काठमाडौं उपत्यकामा सञ्चालित १० वटा व्यवसायिक कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

Shikhar
NIMB

बुधबार गरिएको नियमित अनुगमनका क्रममा ५ कम्पनीलाई जरिवाना तिराइएको छ भने ५ कम्पनीसँग स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ।

विभागका अनुसार उपभोक्तासँग अन्याय गरिएको पाइएकोले उरी एजुकेशन सेन्टरलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, सुपरनोभा एजुकेशन कन्सल्टेन्सी सेन्टर र विटल्स कार डेकोरलाई ५०-५० हजार रुपैयाँ, अल कार डेकोरेसन र सुदृष्टि आयकोनिकलाई १०-१० हजार रुपैयाँ जरिवाना गरिएको हो।

त्यसैगरी, जेभियर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, ओहायो इन्टरनेशनल कन्सल्टेन्सी, एस इम्पेक्स, एप्लायन्सेस हब लगायतका कम्पनीहरूलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित भई स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ।

विभागले उपभोक्ताको अधिकार सुरक्षित गर्न नियमित अनुगमन र आवश्यक कारबाही प्रक्रिया जारी राख्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया