Nepal Life

धादिङ मा २ वटा ट्रकबाट किसानले खोसे मल

Global Ime detail Page
  • BFIS News
  • 2022 Jun Sat 19:46
धादिङ  मा २ वटा ट्रकबाट किसानले खोसे मल
Sanima Reliance

 धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।

अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् । सशस्त्र प्रहरी को  सुरक्षा मा रहेको मल किसान ले कसरि खोसे पुस्टि हुन सकेको छैन । 

 

NIMB

शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४/५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो । मल खोस्न किसान ले कसरि सुचना  पाएर उक्साहट गर्यो  अनुसन्धान भै रहेको प्रशासन ले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया