NIMB Header 2
Nepal Life

बजेट कार्यान्वयनका लागि समय तालिका बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

Citizen Life
  • BFIS News
  • 2025 Aug 07 16:07
बजेट कार्यान्वयनका लागि समय तालिका बनाउन अर्थमन्त्री पौडेलको निर्देशन
Muktinath Bank

काठमाडौं।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना र समय तालिका तयार गर्न सम्बन्धित सचिवहरूलाई निर्देशन दिएका छन्।

NIMB

बिहीबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पौडेलले बजेटअनुसार वार्षिक योजना तयार गरी सोहीअनुसार समयमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, "सही समयमा उचित कदम चालेर बजेट कार्यान्वयनमा परिणाम देखिने गरी अगाडि बढ्नुपर्छ।" उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि स्पष्ट पारे।

गैरकर राजस्वमा वृद्धि आवश्यक

अर्थमन्त्री पौडेलले विद्यमान कानुनी प्रावधान तथा सीमाभित्र रहेर गैरकर राजस्वका क्षेत्रहरूको अधिकतम उपयोग र विस्तार गर्नुपर्नेमा जोड दिए। आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन भएको उल्लेख गर्दै उनले यो रकम कूल राजस्वको १०.९ प्रतिशत मात्रै भएको जानकारी दिए।

बैठकमा गैरकर राजस्वका सम्भावित स्रोतहरू पहिचान गरी तिनको कार्यान्वयनमा जानुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

उच्चस्तरीय सहभागिता

बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका अन्य उच्च पदस्थ सचिवहरू तथा अधिकारीहरूको उपस्थिति रहेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सरकारले आगामी वर्षको बजेट प्रभावकारी र नतिजामूलक बनाउने उद्देश्यले कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ। यस्तोमा स्पष्ट कार्ययोजना र समय तालिका निर्माणले समग्र बजेट कार्यान्वयनमा गति दिने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया