Nepal Life

बुढीगण्डकीसहित तीन ठूला जलविद्युत् आयोजनामा स्वदेशी बैंकको सहवित्तीय लगानी

NMB Bank
  • BFIS News
  • 2025 Aug 08 11:54
बुढीगण्डकीसहित तीन ठूला जलविद्युत् आयोजनामा स्वदेशी बैंकको सहवित्तीय लगानी
National Life

काठमाडौं । ३४१ मेगावाट क्षमताको प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि लामो समयपछि वित्तीय व्यवस्थापन पूरा भएको छ। अर्ध जलाशययुक्त यो आयोजनामा स्वदेशी बैंकहरुले लगानी गर्ने गरी बिहीबार सहमति भएको हो।

Shikhar
NIMB

कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणमा ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट र बाँकी २५ प्रतिशत कम्पनीको स्वःपूँजीबाट जुटाइनेछ। यसका लागि नौ वटा बैंकहरुले ५२ अर्ब ५० करोड रुपैयाँ सहवित्तीयकरणअन्तर्गत लगानी गर्ने सम्झौता गरेका छन्।

यससँगै आयोजनाको निर्माण कार्य अघि बढ्ने मार्ग खुलेको छ। बुढीगण्डकीसँगै साउन महिनामै २८५ मेगावाटको अपर तमोर र २१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन भइसकेको छ। यी दुवै परियोजनामा पनि नेपालका वाणिज्य बैंकहरुले सहवित्तीयकरणमार्फत लगानी गर्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया