Nepal Life

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख नजिक

NMB Bank
  • BFIS News
  • 2025 Aug 08 12:00
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख नजिक
National Life

काठमाडौं । साउन २३ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यस दिन प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन बिहीबार यस मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ थियो। यसअघि गत बुधबार कायम भएको रेकर्ड शुक्रबार तोडिएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला १० रुपैयाँले बढेर चाँदीको मूल्य दुई हजार ३२५ रुपैयाँ पुगेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया