NIMB Header 2
Nepal Life

बजेट कार्यान्वयनमा समयतालिका बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 08 12:05
बजेट कार्यान्वयनमा समयतालिका बनाउन अर्थमन्त्री पौडेलको निर्देशन
Everest Bank

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सचिवहरुलाई स्पष्ट समयतालिका बनाउन निर्देशन दिएका छन्।

Shikhar
NIMB

अर्थ मन्त्रालयमा शुक्रबार भएको बैठकमा मन्त्री पौडेलले वार्षिक योजना तथा समयतालिका बनाएर बजेट कार्यान्वयन अघि बढाउनुपर्नेमा जोड दिए। उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले आवश्यक सहयोग गर्ने उल्लेख गर्दै समयमै कदम चालेर ठोस परिणाम निकाल्न आग्रह गरे।

विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसको लागि स्रोत पहिचान र कार्यान्वयनमा सक्रिय हुन निर्देशन दिए।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो। बैठकमा गैरकर राजस्वका थप स्रोत पहिचान गरी कार्यान्वयन अघि बढाउने विषयमा छलफल भएको थियो। उक्त बैठकमा अर्थ सचिव, राजस्व सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया