NIMB Header 2
Nepal Life

नाफा वृद्धिसँगै मेरोमाइक्रोफाइनान्सको प्रतिशेयर आम्दानीमा सुधार

National Life
  • BFIS News
  • 2025 Aug 08 12:18
नाफा वृद्धिसँगै मेरोमाइक्रोफाइनान्सको प्रतिशेयर आम्दानीमा सुधार
Sanima Reliance

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

Shikhar
NIMB

समीक्षा अवधिको अन्त्यमा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४ करोड ५७ लाख रुपैयाँ नाफाभन्दा ४८.२९ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि हुँदा नाफामा सुधार आएको हो।

यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले, खुद फि तथा कमिशन आम्दानी १.२३ प्रतिशतले, कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशतले र सञ्चालन मुनाफा ५३.४८ प्रतिशतले बढेको छ।

नाफा बढेसँगै प्रतिशेयर आम्दानी (EPS) पनि ४ रुपैयाँ १९ पैसाले वृद्धि भई १५ रुपैयाँ २३ पैसा पुगेको छ। गत असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा रहेको छ। यस अवधिमा मूल्य–आम्दानी अनुपात ५५.५९ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको छ।

१ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस संस्थाले १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया