NIMB Header 2
Nepal Life

स्यामसुङ नेपालद्वारा स्यामसुङ मनसुन क्याम सुरु, चार्जिङ पोर्ट निःशुल्क मर्मत गर्ने

National Life
  • BFIS News
  • 2025 Aug 11 17:17
स्यामसुङ नेपालद्वारा स्यामसुङ मनसुन क्याम सुरु, चार्जिङ पोर्ट निःशुल्क मर्मत गर्ने
Sanima Reliance

काठमाडौं, साउन २६ – मनसुनको मौसममा चिस्यान र पानीका कारण स्मार्टफोनमा हुने क्षति विशेषगरी चार्जिङ पोर्टमा बढी देखिने समस्या समाधान गर्न स्यामसुङ नेपालले ‘Samsung Monsoon Camp’ नामक ग्राहक सेवा अभियान सुरु गरेको छ।

Shikhar
NIMB

यस अभियानअन्तर्गत, स्यामसुङ प्रयोगकर्ताहरूले आफ्ना स्मार्टफोनको चार्जिङ पोर्ट निःशुल्क मर्मत गराउन सक्नेछन्। यो सेवा वारंटी भए/नभएकोमा निर्भर नहुने स्यामसुङ ले जनाएको छ। ‘Monsoon Camp’ सेवा २०२५ अगस्ट २४ (भदौ ८) सम्म सञ्चालनमा रहनेछ।

यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन (parts) निःशुल्क गरिने भए पनि अन्य थप पार्ट्सको लागत र श्रम शुल्क भने ग्राहक स्वयंले व्यहोर्नुपर्नेछ। यो सेवा केवल देशभरका अधिकृत स्यामसुङ सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ।

स्यामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (ग्राहक सेवा) राजन भट्टराई भन्छन्, "स्यामसुङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं। वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी Monsoon Camp मार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।"

स्यामसुङ ले सबै ग्राहकहरूलाई यो सीमित अवधिको सेवा प्रयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा नजिकको सेवा केन्द्रबारे जान्नका लागि स्यामसुङ Customer Care मा सम्पर्क गर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया