NIMB Header 2
Nepal Life

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा ३६२ प्रतिशतले वृद्धि, आम्दानी बढ्दा खर्च घट्यो

National Life
  • BFIS News
  • 2025 Aug 13 10:16
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा ३६२ प्रतिशतले वृद्धि, आम्दानी बढ्दा खर्च घट्यो
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्यरूपमा बढेको देखिएको छ।

Shikhar
NIMB

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ करोड १७ लाख रुपैयाँको तुलनामा ३६२.४९ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले आफ्नो आम्दानी बढाउनुका साथै खर्च घटाउन सफल भएकाले नाफामा उल्लेख्य सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढेको छ भने कुल आम्दानीमा ४७.२१ प्रतिशतको वृद्धि भएको छ। सोही अवधिमा कुल खर्च भने १४.५५ प्रतिशतले घटेको छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्यरूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा EPS ११ रुपैयाँ २६ पैसाले बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको मूल्य-आम्दानी अनुपात (P/E ratio) १०४.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा कायम भएको छ। ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया