NIMB Header 2
Nepal Life

आईसीएफसी फाइनान्सको नाफामा २०४ प्रतिशत वृद्धि

National Life
  • BFIS News
  • 2025 Aug 14 14:00
आईसीएफसी फाइनान्सको नाफामा २०४ प्रतिशत वृद्धि
Sanima Reliance

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा २०४.६० प्रतिशतले वृद्धि भएको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ३४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ११ करोड ३२ लाख रुपैयाँ मात्र थियो। नाफा वृद्धिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नुका साथै इम्पेरमेन्ट चार्ज घट्नु प्रमुख कारण भएको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.१५ प्रतिशतले बढेर ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी अघिल्लो वर्षको १६ करोड १५ लाख रुपैयाँबाट बढेर ५० करोड २१ लाख रुपैयाँ पुगेको छ। साथै, इम्पेरमेन्ट चार्जमा व्यवस्था गरिएको ७ करोड २७ लाख रुपैयाँ फिर्ता भएको छ।

गत असार मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी (EPS) २९ रुपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७२ पैसा कायम भएको छ। यस अवधिमा खराब कर्जा अनुपात १.८३ प्रतिशतमा सुधार भएको छ।

१ अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आईसीएफसी फाइनान्सको जगेडा कोषमा ७६ करोड २५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले आर्थिक वर्षको अन्त्यसम्ममा १९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया