Nepal Life

नागढुंगा सुरुङ मार्गमा कारलाई ६५ बसलाई ११५ रुपैयाँ पर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 04:46
नागढुंगा सुरुङ मार्गमा कारलाई ६५ बसलाई ११५ रुपैयाँ पर्ने
National Life

काठमाडौं, साउन २९ – सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा लाग्ने दस्तुर तोकेको छ। मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले मार्ग प्रयोगकर्ताले तिर्नुपर्ने दस्तुर सम्बन्धी निर्देशिका पारित गरेको हो।

Shikhar
NIMB

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री गुरुङका अनुसार बैठकले कुल १८ वटा निर्णयहरु गरेको छ, जसमा नागढुंगा सुरुङ मार्गको उपभोग दस्तुरसम्बन्धी निर्देशिका पनि समावेश छ।

निर्देशिका अनुसार कार र भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिंदा ६० रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिंदा ८० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, ठूला बस र ट्रकका लागि काठमाडौंतर्फ आउँदा २६० रुपैयाँ र बाहिरिंदा २०० रुपैयाँ दस्तुर लाग्नेछ। भारी उपकरण बोकेका सवारी साधनले काठमाडौं आउँदा ६०० रुपैयाँ र बाहिरिंदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

तर, मोटरसाइकल तथा डिजेल, पेट्रोलजस्ता प्रज्वलनशील इन्धन बोक्ने सवारी साधनलाई भने सुरुङ मार्गमा प्रवेश गर्न निषेध गरिएको छ। सरकारको यो निर्णयसँगै सुरुङ मार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको संकेत देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया