NIMB Header 2
Prabhu Mahalaxmi

प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ३६ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जनमा उल्लेखनीय प्रगति

United Ajod
  • BFIS News
  • 2025 Aug 15 05:49
प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ३६ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जनमा उल्लेखनीय प्रगति
IME LIFE

काठमाडौं, ३० साउन। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिसम्म ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ३६ करोड ६१ लाख रुपैयाँ रहेको थियो। यसरी, कम्पनीको नाफा १.२५ प्रतिशतले वृद्धि भएको हो।

Nepal Life
NIMB

कम्पनीको हालको जारी पूँजी ५ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ करोड ९३ लाख रुपैयाँ संचित गरेको छ भने महाविपत्ती कोषमा ११ करोड रुपैयाँ रहेको छ। त्यस्तै, रिटेन्ड अर्निङ्ग (जम्मा संचित नाफा) ५१ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

जीवन बीमाकोषमा ३६.७५% वृद्धि

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १० अर्ब ११ करोड रहेको जीवन बीमाकोष, गत आर्थिक वर्षको अन्त्यमा ३६.७५ प्रतिशतले बढ्दै १३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

बीमा शुल्क आर्जनमा २२.८९% वृद्धि

कम्पनीले समीक्षा अवधिमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.८९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा कुल बीमा शुल्क ४ अर्ब ३७ करोड रुपैयाँ थियो।

पुनर्बीमा खर्चतर्फ कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो (१३ करोड ४३ लाख)। यस अवधिमा खुद बीमा शुल्क ५ अर्ब १७ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब २३ करोड रुपैयाँको तुलनामा २२.२२ प्रतिशतले वृद्धि भएको हो।

अभिकर्ता कमिशन र कर्जा प्रवाह

अभिकर्ता कमिशन शीर्षकमा कम्पनीले ५३ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ भने अघिल्लो वर्ष यो खर्च ४८ करोड ९५ लाख रुपैयाँ थियो। बीमा पोलिसी धितोमा राखी कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब १ करोड रुपैयाँ थियो। कर्जा प्रवाह १९.६१ प्रतिशतले वृद्धि भएको हो।

प्रति शेयर आम्दानी र नेटवर्थ

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) ७.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११५.९२ रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय सूचकहरु सबै सुधारोन्मुख छन्। बीमा शुल्क आर्जन, नाफा, जीवन बीमाकोष र कर्जा प्रवाहलगायतका सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया