Nepal Life

काठमाडौंमा एमसिसि सम्झौताविरुद्ध विरोध प्रदर्शन

NMB Bank
  • संगिता बल
  • 2025 Aug 16 11:29
काठमाडौंमा एमसिसि सम्झौताविरुद्ध विरोध प्रदर्शन
National Life

काठमाडौं, साउन ३०। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) परियोजना पुनः सक्रिय गर्ने प्रक्रियाविरुद्ध शुक्रवार राजधानी काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

Shikhar
NIMB

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आह्वानमा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले एमसिसि सम्झौताले मुलुकको स्वाधीनता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने भन्दै सडक संघर्षमा उत्रिएका थिए।

प्रदर्शनकारीहरूले “राष्ट्रघाती सम्झौता खारेज गर”, “विदेशी हस्तक्षेप बन्द गर”, “सार्वभौमिकतामाथि हस्तक्षेप बन्द गर” जस्ता नाराहरू लगाउँदै सरकारको विरोधमा आक्रोश व्यक्त गरेका थिए।

प्रदर्शनलाई सम्बोधन गर्ने नेताहरूले एमसिसि सम्झौता नेपालको निर्णय प्रक्रियामा प्रत्यक्ष विदेशी हस्तक्षेप हुने खालको रहेको भन्दै सरकारलाई तत्काल सम्झौता खारेज गर्न चेतावनी दिएका थिए।

नेताहरूले विदेशी दबाब स्वीकार गर्नु मुलुकको सार्वभौमिकतामाथि गम्भीर आक्रमण हुने भन्दै सम्पूर्ण देशभक्त शक्ति सचेत रहनु पर्ने आवश्यकता औंल्याएका छन्। प्रदर्शनमा उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो भने शान्तिपूर्ण तर प्रभावकारी रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया