NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन लाइफको नाफा ४२ करोड ५० लाख, बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि

United Ajod
  • BFIS News
  • 2025 Aug 17 05:28
सिटिजन लाइफको नाफा ४२ करोड ५० लाख, बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि
IME LIFE

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा यो नाफा ५० लाख रुपैयाँले कम हो। अघिल्लो आवमा कम्पनीले ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो, जुन यसपालि १.१६ प्रतिशतले घटेको हो।

Nepal Life
NIMB

नाफामा सामान्य गिरावट देखिए पनि कम्पनीको बीमाशुल्क आर्जन भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्ने कम्पनीले गत आवमा २२.०९ प्रतिशतले वृद्धि गर्दै ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको कुल आम्दानी पनि ७ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ९ अर्ब ७९ करोड रुपैयाँ नाघेको छ। त्यस्तै, कुल खर्च ७ अर्ब १९ करोड रुपैयाँबाट बढेर ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

जीवन बीमा कोषतर्फ हेर्दा, अघिल्लो वर्ष १४ अर्ब २८ करोड रुपैयाँ मात्र रहेको कोष गत वर्ष ३९ प्रतिशतले बढेर १९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

यद्यपि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने अघिल्लो वर्षको १०.९२ रुपैयाँबाट घटेर ८.५० रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ भने १४८.७१ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ५ अर्ब रुपैयाँ पुगेको कम्पनीको शेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया