NIMB Header 2
Nepal Life

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2025 Aug 17 10:14
सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विशेष रुपमा आईपीओ जारी गरेको हो।

Shikhar
NIMB

कम्पनीलाई कुल ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको छ।

यसअन्तर्गत कुल निष्काशनको १० प्रतिशत, अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरका प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

वैदेशिक रोजगारीमा रहेका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न कम्पनीमा उच्च जोखिम रहेको संकेत गर्दछ।

मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया