Nepal Life

भदौ १८ गतेदेखि ‘आरबिबि फोकस ४०’ को इकाई निष्काशन गर्दै आरबिबि मर्चेन्ट बैंकिङ

NMB Bank
  • BFIS News
  • 2025 Aug 17 10:18
भदौ १८ गतेदेखि ‘आरबिबि फोकस ४०’ को इकाई निष्काशन गर्दै आरबिबि मर्चेन्ट बैंकिङ
National Life

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई भदौ १८ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

Shikhar
NIMB

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। यसमध्ये न्यूनतम १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई राष्ट्रिय वाणिज्य बैंक (कोष प्रबर्द्धक) का लागि सुरक्षित गरिएको छ। त्यस्तै, न्यूनतम १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन अवधि छिटोमा भदौ २२ गते बन्द हुनेछ भने सो अवधिमा सबै इकाई बिक्री नभए असोज १ गतेसम्म निष्काशन अवधि लम्बिन सक्नेछ।

१२ वर्ष अवधिको यो योजनामा आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ। साथै, ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इकाई निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल ले कोष प्रबर्द्धकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। त्यस्तै, योजना व्यवस्थापकलाई इक्रा नेपाल ले इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ दिएको छ।

यो कोषले नेप्सेमा सूचीकृत कम्पनीहरुको धितोपत्रको आन्तरिक मूल्यांकन गरी उच्चतम प्रतिफल दिने सम्भावना भएका ४० कम्पनीलाई प्राथमिकतामा राखेर लगानी गर्नेछ। आवश्यकताअनुसार ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सक्ने योजना रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया