Nepal Life

इक्रा नेपालद्वारा रेटिङ अद्यावधिक : आशुतोष एनर्जीको रेटिङ उन्नति, अपर सोलुको रेटिङ फिर्ता, थ्री स्टार हाइड्रोपावरको अवनति

NMB Bank
  • BFIS News
  • 2025 Aug 17 10:24
इक्रा नेपालद्वारा रेटिङ अद्यावधिक : आशुतोष एनर्जीको रेटिङ उन्नति, अपर सोलुको रेटिङ फिर्ता, थ्री स्टार हाइड्रोपावरको अवनति
National Life

काठमाडौं । इक्रा नेपाल लिमिटेडले तीन ऊर्जा कम्पनीहरुको इश्यूअर रेटिङ अद्यावधिक गरेको छ।

Shikhar
NIMB

कम्पनीले आशुतोष एनर्जी लिमिटेडको इश्यूअर रेटिङ [ICRANP-IR] BB+ बाट बढाएर [ICRANP-IR] BBB- मा उन्नति गरेको छ। यो रेटिङले कम्पनीले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको देखाउँछ, तर मध्यम स्तरको क्रेडिट जोखिम पनि रहेको संकेत गर्दछ।

त्यसैगरी, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको इश्यूअर रेटिङ [ICRANP-IR] BB+ कम्पनीको अनुरोधमा आईसीआरए नेपालले फिर्ता लिएको छ।

यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेडको इश्यूअर रेटिङ [ICRANP-IR] D बाट घटाएर [ICRANP-IR] D ‘Issuer Not Cooperating’ मा अवनति गरिएको छ। यसले कम्पनी हाल डिफल्टमा रहेको वा चाँडै डिफल्टमा जाने सम्भावना रहेको संकेत गर्दछ।

आईसीआरए नेपालले सार्वजनिक गर्ने यी रेटिङहरु कम्पनीको समग्र वित्तीय स्थायित्व र दायित्व वहन क्षमतामा आधारित हुने भए पनि यी रेटिङ कुनै विशेष ऋण साधन वा परियोजनासँग सम्बन्धित नभएको स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया