NIMB Header 2
Nepal Life

नेपाल वेयरहाउजिङ्गको आम्दानी २१ गुणाले बृद्धि, वित्तीय खर्च प्रमुख चुनौती, ऋण घटाउदा सहजै नाफामा जाने

Citizen Life
  • BFIS News
  • 2025 Aug 17 12:20
नेपाल वेयरहाउजिङ्गको आम्दानी २१ गुणाले बृद्धि, वित्तीय खर्च प्रमुख चुनौती, ऋण घटाउदा सहजै नाफामा जाने
National Life

काठमाडौं। भारतीय व्यवस्थापक आए सँगै नेपाल वेयरहाउजिङ्गको आम्दानी २१ गुणाले बृद्धि भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कुल ३१ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले एक करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ।  आम्दानी सँगै खर्च पनि उहि अनुपातमा बृद्धि भएको छ। कम्पनीले स्टोरेज मात्रै गर्दै आएकोमा पछिल्लो समय  स्टोरेज गर्नेलाई सामान किनेर तत्काल बिक्री गर्ने गरेको छ।

NIMB

कम्पनीको आम्दानी भन्दा पनि वित्तीय खर्च धेरै हुँदा मुनाफामा भने देखिन सकेन। समिक्षा अवधिमा कम्पनीको नोक्सानी ५ करोड ८५ लाखबाट ५ करोड ५८ हजारमा झरेको छ। यहि अनुपातमा आम्दानी बढ्दै जाने हो भने कम्पनीले आगामी वर्षमा राम्रो मुनाफा गर्नेदेखिन्छ यद्यपी ठुलो कर्जाको दायित्व घटाउन अन्य कुनै उपाय अपनाउनु पर्ने चुनौती कम्पनी माझ छ।

कम्पनीले ९९ करोड ४२ लाख रुपैयाँ बरोइङ गरेको छ। ठुलो वित्तीय दायित्व घटाउनकैका लागि हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको कम्पनीले अहिलेसम्म प्रकृयाँ अगाडी बढाउन सकेको छैन। हकप्रद शेयर मार्फत जुटेको रकमबाट कर्जा तिरेर वित्तीय खर्च घटाउने रणनीतिमा कम्पनी छ।

कम्पनीले यस अवधिमा गहुँ र मकैको आन्तरिक उत्पादन हुने भएकोले अन्य वधिको तुलनामा कम्पनीले गहुँ र मकैको उल्लेख्य रुपमा भण्डारण गर्न सफल भएको छ। साथै यस अवधिमा साईलोमा भण्डारण गर्ने ग्राहकहरुलाई यस क्मपनीले आफै अन्न खरिद गरी बिक्रीको लागि आपूर्ती गरेको हुँदा यसले कम्पनीको कुल आयमा बृद्धि गर्न सफल भएको हो। यसका साथै कम्पनीले ग्राहकहरुलाई थप सेवा प्रदान गर्न सफल भएको छ। यसले साईलोको भण्डारणमा पनि थप सहयोग पुगेको छ। यस अवधिमा भण्डारणमा रहेको अन्नको सुरक्षण तथा ग्राहकको माग बमोजिम अन्नको भुक्तानी दिने कार्य समेत गरेको छ।

अन्नको उत्पादन र आपुर्तीले यस व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। अन्नको उत्पादनमा मौसमी प्रभाव पर्ने भएकोले त्यसको प्रत्यक्ष प्रभाव र यस व्यवसायमा पर्ने कम्पनीले जनाएको छ। नयाँ प्रकृतिको व्यावसायिक कारोबार भएकाले ग्राहकलाई व्यवसायका बारेमा सम्पुर्ण रुपमा बुझाउन केहि थप समय लाग्ने कम्पनीले जनाएको छ। वेयरहाउस रिसप्ट समयमै लागु नभएकोले पनि कम्पनीले सोचे अनुरफ आम्दानी गर्न सकिरहेको छैन। अन्न खरिद गरी भण्डारण गर्ने ग्राहकहरुको वित्तीय क्षमता अन्नको मूल्य र व्याजदरले प्रत्यक्ष असर गर्ने भएकाले यस्तो व्यवसायमा प्रभाव पर्ने गरेको वेयरहाउजिङले जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया