दार्चुला पावरले ३० लाख कित्ता आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
- BFIS News
- 2025 Aug 18 11:11
काठमाडौं। दार्चुला पावर प्रा.लि.ले सर्वसाधारणका लागि ३०,००,००० कित्ता साधारण सेयर रु. १०० अंकित मूल्यमा निष्कासन गर्ने भएको छ। उक्त सेयर कम्पनीको कुल पूँजीको २० प्रतिशत हो। सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
यस सम्बन्धमा दार्चुला पावरका अध्यक्ष सतीश न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौतासँगै कम्पनीले आफ्नो जलविद्युत विकास सम्बन्धी उद्देश्यलाई अघि बढाउने विश्वास लिएको छ।
दार्चुला पावर हाल दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा रहेको २८.३०४ मेगावाट क्षमताको चमेलिया रन अफ रिभर जलविद्युत परियोजना निर्माणको क्रममा रहेको छ। यो परियोजना आगामी १८ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य लिएको छ।
उक्त आयोजना नेपालको विद्युत् क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एपीआई पावर कम्पनी लिमिटेडको मुख्य प्रवद्र्धनमा निर्माणाधीन छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया