NIMB Header 2
Nepal Life

स्वस्तिक लघुवित्तको एक लाख ९५ हजार कित्ता आइपिओका लागि १९ लाख ५४ हजारले दिए आवेदन, ११७ गुणा बढि माग

National Life
  • BFIS News
  • 2025 Aug 18 21:36
स्वस्तिक लघुवित्तको एक लाख ९५ हजार कित्ता आइपिओका लागि १९ लाख ५४ हजारले दिए आवेदन, ११७ गुणा बढि माग
Sanima Reliance

काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपिओमा १९ लाख ५४ हजारले आवेदन दिएका छन्। कम्पनीले एक लाख ९५ हजार १९५ कित्ता आइपिओ जारी गरेको छ। कम्पनीको आइपिओमा ११७ गुणा अर्थात २ करोड २९ लाख कित्ता आवेदन परेको छ। 

Shikhar
NIMB

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने लघुवित्तले दोस्रो चरणमा १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको हो।

संस्थाको आइपिओमा १९ हजार ५१९ जना आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ५ कित्ता शेष रहन्छ जुन सोही १९ हजार ५१९ जनामा नै बाँडफाँट गरिनेछ। र सो थप एक कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

आईपीओ बाँडफाँटपश्चात लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा लघुवित्तलाई ओपनिङ्ग रेञ्ज दिन्छ। लघुवित्तले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा लघुवित्तको वास्तविक प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ७८ पैसा रहेको छ। यस अनुसार नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया