Nepal Life

अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 12:24
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
National Life

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानुन उल्लंघन र ओभरस्टे गरेको आरोपमा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ।

Shikhar
NIMB

मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो घटनामा मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने वा ‘आतंकवादलाई समर्थन गर्ने’ जस्ता आरोप समावेश छन्। यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको भाग हो, जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीमाथि पनि कडाइ गरिएको छ।

यद्यपि, विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्ने व्याख्या स्पष्ट पार्न सकेको छैन। केही विद्यार्थीमाथि प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी गतिविधि गरेको आरोप लगाएर कारबाही गरिएको देखिन्छ।

विदेश मन्त्रालयले बीबीसीसँग भने अनुसार, “६ हजारमध्ये ४ हजार भिसा कानुन उल्लंघनको आरोपमा रद्द गरिएको छ। त्यसबाहेक आईएनए ३ बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा २००–३०० भिसा रद्द गरिएको छ।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया