NIMB Header 2
Nepal Life

हाथवे इन्भेष्टमेन्टले १७ औँ वार्षिक साधारण सभा बोलायो, लाभांश प्रस्ताव पारित हुने

National Life
  • BFIS News
  • 2025 Aug 20 09:00
हाथवे इन्भेष्टमेन्टले १७ औँ वार्षिक साधारण सभा बोलायो, लाभांश प्रस्ताव पारित हुने
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

कम्पनीले भदौ २५ गते, बुधबार, काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा १७ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। सभा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसका साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, समूह 'क' का शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया